शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्‌मा  पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो।

    सरकारले विभिन्न नाैवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकहरू संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    यसका साथै बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैँटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । 

    सूची :

    देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने
    (क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
    (ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
    (ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    (घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
    (ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक
    (च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक
    (छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    (ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
    (झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक
    २ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
    ३ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
    ४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा श्री खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने।
    ५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij