सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले प्रमुख वित्त अधिकृत, शाखा प्रबन्धक र सम्बन्ध व्यवस्थापक पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

    बैंकका अनुसार प्रमुख वित्त अधिकृत पदका लागि वरिष्ठ प्रबन्धक तहसम्म नियुक्ति गरिनेछ। यस पदका लागि चार्टर्ड एकाउन्टेन्ट वा ACCA उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्नेछ। साथै नेपाल वित्तीय प्रतिवेदन मापदण्ड, लेखा तथा कर प्रणालीसम्बन्धी राम्रो ज्ञान, डेटा विश्लेषण र प्रतिवेदन तयार गर्ने क्षमता आवश्यक रहेको जनाएको छ।

    झापा जिल्लाभित्रका शाखाका लागि जुनियर अफिसर/अफिसर तहमा एक जना शाखा प्रबन्धक माग गरिएको छ भने कर्णाली प्रदेशभित्रका शाखाका लागि सुपरभाइजर तहमा केही शाखा प्रबन्धक आवश्यक रहेको बैंकले जनाएको छ। शाखा प्रबन्धक पदका लागि स्नातक (अफिसर तहका लागि स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव तथा विकास बैंक वा वाणिज्य बैंकमा कम्तीमा दुई वर्ष शाखा व्यवस्थापनको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

    यस्तै, रुपन्देहीको भैरहवाका लागि सहायक/वरिष्ठ सहायक तहमा एक जना सम्बन्ध व्यवस्थापक माग गरिएको छ। यस पदका लागि स्नातक उत्तीर्ण भई विकास बैंक वा वाणिज्य बैंकमा कम्तीमा तीन वर्षको सम्बन्धित अनुभव आवश्यक पर्नेछ।

    इच्छुक उम्मेदवारले बैंकको पोर्टलमार्फत साउन २३ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij