सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रको अनधिकृत रेकर्डिङ नगर्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा प्रसारण वा वितरण नगर्न आग्रह गरेको छ ।

    बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गरी चलचित्रका दृश्य, क्लिप वा अंश अनुमतिबिना रेकर्ड गर्ने र टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्राम तथा टेलिग्रामलगायतका माध्यममा अपलोड गर्ने गतिविधि बढेको जनाएको छ ।

    चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा चलचित्रसम्बन्धी अन्य प्रचलित कानुनविपरीत हुन सक्ने बोर्डले स्पष्ट पारेको छ ।

    बोर्डका अनुसार अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसीका कारण निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्नुका साथै नेपाली चलचित्र उद्योग, चलचित्र व्यवसाय तथा बौद्धिक सम्पत्तिको संरक्षणमा गम्भीर नकारात्मक असर पर्छ ।

    बोर्डले अनधिकृत रूपमा रेकर्ड गरिएका दृश्य, क्लिप वा अन्य सामग्री सामाजिक सञ्जाल र डिजिटल माध्यममा पोस्ट गरिएको भए तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    सामाजिक सञ्जाल प्रयोगकर्ता, कन्टेन्ट क्रिएटर, पेज सञ्चालक तथा डिजिटल प्लेटफर्म प्रयोगकर्तालाई प्रतिलिपि अधिकारको सम्मान गर्दै जिम्मेवार र कानुनसम्मत व्यवहार अपनाउन बोर्डले आग्रह गरेको छ ।

    यस्तै, चलचित्रघर सञ्चालक तथा प्रदर्शकलाई क्यामेरा रेकर्डिङ र पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली प्रभावकारी बनाउन तथा त्यस्ता गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन भनिएको छ ।

    अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी दिँदै बोर्डले गैरकानुनी कार्यमा संलग्न नहुन सबैलाई अपिल गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij