शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सजिलो पाना
बुधवार, श्रावण २० २०८३
सजिलो पाना
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैंठकले ८ वटा निर्णय गरेको छ ।

    यस्ता छन् निर्णय
    १, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत

    २, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    ३, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने ।

    ४, नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति

    ५, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने

    ६, महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान

    ७, शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गर्ने

    ८, सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij