काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।




