काठमाडौं । सार्वजनिक संस्थानमा सरकारको लगानी ७ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ । यो लगानीबाट सरकारले पाएको लाभांश भने १३ अर्ब रुपैयाँ मात्रै रहेको अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमार्फत उल्लेख गरेको छन् ।
सरकारका विभिन्न ४५ सार्वजनिक संस्थामा सरकारले आर्थि वर्ष २०८१/८२ को फागुनसम्ममा ४२ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले घटेको छ ।
यी संस्थानमध्ये २८ वटा नाफामा १५ वटा घाटामा र वटा बन्द अवस्थामा रहेका छन् ।




