काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य लालबाबु पण्डितको धर्मपत्नी बिमला महतको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत महतको बिहीबार राति १२:४५ मा निधन भएको पूर्वमन्त्री पण्डितले सामाजिकमार्फत् जानकारी गराए ।
अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले अस्पतालमा उपचाररत पूर्वमन्त्री पण्डितको धर्मपत्नी बिमलाको क्यान्सरको कारण मृत्यु भएको जानकारी दिए।
रोसयराका अनुसार पूर्वमन्त्री पण्डितका धर्मपत्नी बिमला दुई हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएको थियो । उनले भने, “पूर्वमन्त्री पण्डितको धर्मपत्नी क्यान्सरको बिरामी हुनुहुन्थ्यो । तीन महिनादेखि अस्पतालमा उपचाररत गराउँदै आउनुभएको थियो । दुई हप्तादेखि अस्पतालमा भर्ना भएर उपचार गराउँदै आउनुभएको थियो ।” बिमलाको जन्म बि सं २०२२ असोज २ गते भएको थियो ।




