आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भारतका कृषि तथा किसान कल्याण मन्त्री श्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

भारतका कृषि तथा किसान कल्याण मन्त्री श्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र अन्य पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । उनीहरुले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् ।

    मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरे ।

    भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । मन्त्री चौहान सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

    भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij