शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, ३६२ उपहार जित्ने अवसर

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, ३६२ उपहार जित्ने अवसर

सजिलो पाना
बिहिवार, भाद्र ४ २०८३
सजिलो पाना
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौं। नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै यस वर्ष पनि ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक उपहार जित्ने अवसरसहित अभियानलाई निरन्तरता दिएको हो ।

    ‘बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा टाटा कर्भ’ भन्ने नाराका साथ ल्याइएको अभियानअन्तर्गत बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले घरलाई नयाँ रङरूप दिँदै विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।

    अभियानको मुख्य आकर्षण टाटा कर्भ रहेको कम्पनीले जनाएको छ । यसका साथै विभिन्न घरायसी उपकरणसहित कुल ३६२ वटा आकर्षक उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

    अभियानअन्तर्गत ६५ इन्चको ४के स्मार्ट टिभी एक थान, २५३ लिटरका रेफ्रिजेरेटर दुई थान, ८ केजीका वासिङ मेसिन तीन थान र माइक्रोवेभ ओभन पाँच थानलगायतका उपहार रहेका छन् । त्यस्तै, २–इन–१ कुकटप, एयर फ्रायर, ब्लेन्डर, स्ट्यान्ड फ्यान, स्टिमर, हेयर ड्रायर र टोस्टरलगायतका सामग्री पनि उपहारमा समावेश छन् ।

    अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ । यसमध्ये अभियानमा तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार अभियानमा सहभागी हुने ग्राहकले बर्जर पेन्ट्सका विभिन्न प्रिमियम उत्पादन खरिद गर्नुपर्नेछ । अभियानको विस्तृत नियम, सहभागिताका लागि आवश्यक योग्यता तथा अन्य सर्तबारे बर्जर पेन्ट्सका आधिकारिक माध्यम वा नजिकको अधिकृत डिलरबाट जानकारी लिन सकिनेछ ।

    बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘रंग बहार’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ । अभियानमार्फत ग्राहकको घरलाई नयाँ रङरूप प्रदान गर्ने अनुभवमा थप उत्साह, खुसी र उमङ्ग जोड्ने कम्पनीको उद्देश्य रहेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij