काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंमा अनिश्तिकालीन प्रदर्शन गर्ने घोषणा गरेअनुसार बिहीबार सुरु गरिएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिएका हुन् । माइतीघरबाट उनीहरूले बबरमहलसम्म जुलुस निकालेका थिए ।
प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् । बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरू शुक्रबार माइतीघर क्षेत्रमा आएका हुन् ।




