काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ८ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९८ रुपैयाँ कायम भएको छ ।




