काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको नेप्से परिसूचक आज एकैदिन झण्डै २ प्रतिशतले घटेको हो ।
आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर २ हजार ५१३ दशमलव ४२ विन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ७१ प्रतिशतको गिरावट हो ।
आज कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ । कुल २५३ कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको मात्रै मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।




