शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै कति जना फसेका छन् ?

त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै कति जना फसेका छन् ?

सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ ।

    विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो 

    त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो ।

    ‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ,’ उनले भने ।

    सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उनले जानकारी दिए ।

    सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो ।

    सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान छ ।

    सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने नखुलेको पनि आयोजना प्रमुख ओझाले जानकारी दिए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij