शनिवार, कार्तिक २२ गते २०८३    

शनिवार, कार्तिक २२ गते २०८३    

अत्याधुनिक केन्द्रिय कार्यालय बनाऊदै ग्लोवल आइएमई बैंक

अत्याधुनिक केन्द्रिय कार्यालय बनाऊदै ग्लोवल आइएमई बैंक

सजिलो पाना
शुक्रवार, कार्तिक २१ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक २१ २०८३
  • काठमाडौं ।

    ग्लोवल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ ।

    बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गर्नुभएको हो । करिव १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिव ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले प्रश्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रिय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गर्नुभयो ।

    काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उहाँको भनाइ छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij