काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार पाँच सय र चाँदीको सय रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ रहेको थियो ।




