मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

लामिनारको नयाँ एम्पोरियो सोरुम इटहरीमा सञ्चालन

लामिनारको नयाँ एम्पोरियो सोरुम इटहरीमा सञ्चालन

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं। भिट्रिफाइड टायल ब्रान्ड लामिनारले इटहरीको हलगडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालनमा ल्याएको छ । कलर हाउस एन्ड सेनेटरीसँगको सहकार्यमा स्थापना गरिएको सोरुमको शुक्रबार उद्घाटन गरिएको हो ।

    लुम्बिनी सेरामिक्सअन्तर्गत उत्पादित लामिनार टाइल्स बर्दियास्थित कारखानाबाट उत्पादन हुँदै आएका छन् । कम्पनीका अनुसार लामिनारका टाइल्स पूर्ण भिट्रिफाइड टाइल्स तथा फुल्ली भिट्रिफाइड श्रेणीका हुन् । कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्स घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक स्थलमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

    लामिनारका सोरुममा फुलबडी, एन्टिब्याक्टेरियल सर्फेस तथा हाइ–ग्लस टाइल्ससहित ५०० भन्दा बढी डिजाइन उपलब्ध रहेको कम्पनीले जनाएको छ । बर्दियास्थित कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुँदै आएको बताइएको छ ।

    पछिल्लो समय इटहरीमा आवासीय घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण आयोजना विस्तार भइरहेका छन् । निर्माण गतिविधि बढेसँगै टायल छनोट गर्दा डिजाइनसँगै कुन स्थानमा कस्तो प्रकारको टायल प्रयोग गर्ने भन्ने विषयमा समेत ग्राहकको चासो बढ्दै गएको कम्पनीको भनाइ छ ।

    यही आवश्यकतालाई ध्यानमा राखेर एम्पोरियो सोरुमहरू घरधनी, ठेकेदार, आर्किटेक्ट तथा संस्थागत ग्राहकलाई लक्षित गरी निर्माण गरिएको जनाइएको छ । सोरुममा ग्राहकलाई प्रयोग हुने स्थान र आवश्यकताअनुसार उपयुक्त टाइल छनोट गर्न परामर्शसमेत उपलब्ध गराइनेछ ।

    लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले सोरुममार्फत ग्राहकले टाइलको डिजाइनसँगै गुणस्तर र उपयोगिताबारे प्रत्यक्ष जानकारी लिन सक्ने बताए ।

    उनले भने, “लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकताअनुसार छनोट गर्न मद्दत गर्दछन् । अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ ।”

    कलर हाउस एन्ड सेनेटरीका सञ्चालक कमल कार्कीले पछिल्लो समय ग्राहकले टायल खरिद गर्दा डिजाइनसँगै टिकाउपन र सफाइको सहजतालाई पनि प्राथमिकता दिन थालेको बताए ।

    “अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन् । टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन् । यो सोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ,” उनले भने ।

    टायल छनोट गर्दा प्रयोग हुने स्थान, चिप्लिने सम्भावना, टिकाउपन तथा मर्मतसम्भारको सहजतालाई समेत ध्यान दिन सकिने सोरुमले जनाएको छ ।

    सोरुम उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन पराजुली, घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख राजनकुमार पाण्डे तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रकाश आचार्यलगायतको उपस्थिति थियो ।

    लामिनारले देशभर एम्पोरियो सोरुमको सञ्जाल विस्तार गर्दै टाइलको उपयोगिता र आवश्यकताअनुसार छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले देशभर १६० भन्दा बढी एम्पोरियो सोरुम विस्तार गर्ने लक्ष्य लिएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij