मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

बाढी प्रभावितका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग

बाढी प्रभावितका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

    उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो।

    यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूले पनि प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब ३५ लाख रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट बाढी प्रभावितका लागि ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाइएको छ।

    बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता संस्थाहरूले व्यक्त गरेका छन्।

    प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजार र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ।

    यस पहलले प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्न र दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोग पुग्ने विश्वास संस्थाहरूले व्यक्त गरेका छन्।

    बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij