मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

नेपाल टेलिकमका कर्मचारीद्वारा विपद् कोषमा २ करोड २ लाख बढी सहयोग

नेपाल टेलिकमका कर्मचारीद्वारा विपद् कोषमा २ करोड २ लाख बढी सहयोग

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।

    नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीको तर्फबाट संकलित उक्त रकम कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

    रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य एवं कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो।

    भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमका कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त सहयोग जुटाइएको कम्पनीले जनाएको छ।

    नेपाल टेलिकमका कर्मचारीहरूले यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका थिए।

    कम्पनीले कर्मचारीहरूको योगदानबाहेक संस्थागत रूपमा नेपाल टेलिकमको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ। उक्त रकम केही दिनभित्रै कोषमा जम्मा गरिने कम्पनीले जनाएको हो।

    विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको नेपाल टेलिकमले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij