शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा, ३.८ प्रतिशत बोनस शेयर प्रस्ताव

सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा, ३.८ प्रतिशत बोनस शेयर प्रस्ताव

सजिलो पाना
बुधवार, आश्विन ७ २०८३
सजिलो पाना
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।

    असोज १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते एक दिन शेयर दाखिला खारेज ९बुकक्लोज० गर्ने जनाएको छ ।

    यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले सभामार्फत लाभांश वितरणसँगै संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्तावसमेत अघि बढाउने भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij