शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो एक हजार दरको नयाँ नोट

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो एक हजार दरको नयाँ नोट

सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं  । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट (सिरिज-२०२५) प्रचलनमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ ।

    नयाँ नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागो लगायत थप सुरक्षात्मक विशेषता समावेश गरिएको बैंकले जनाएको छ । नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप, दृष्टिविहीन व्यक्तिका लागि स्पर्शबाट पहिचान गर्न मिल्ने रोमन अक्षर ‘एम’ र तेर्सा रेखा राखिएको छ । 

    ३.५ मिलिमिटर चौडा सुरक्षा धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकित गरिएको छ, जुन सोझो हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ ।

    त्यस्तै, सगरमाथाको दायाँतर्फ भगवतीको चित्र पनि समावेश गरिएको छ, जुन कोण परिवर्तन गर्दा सुनौलोबाट हरियो रङमा देखिन्छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ । पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र, सातै प्रदेशलाई जनाउने सात वटा लालीगुराँस र हनुमानढोकास्थित लँहचोकको ऐतिहासिक स्तम्भको आकृति राखिएको छ ।

    राष्ट्र बैंकका अनुसार २०७९ सिरिजका तोकिएका सङ्केत नम्बरपछि अब ट९२ ०००००१ बाट त५० ९९९९९९ नम्बर सम्मका नयाँ नोटको वितरण सुरु गरिएको छ । बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले जतनपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij