शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

कांग्रेसमा युवा नेतृत्वको आवाज बलियो बनाउने संकल्पसहित ध्रुव थापाको उम्मेदवारी

कांग्रेसमा युवा नेतृत्वको आवाज बलियो बनाउने संकल्पसहित ध्रुव थापाको उम्मेदवारी

सजिलो पाना
सोमवार, आश्विन १२ २०८३
सजिलो पाना
सोमवार, आश्विन १२ २०८३
  • सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ (प्रदेश सभा–क) बाट ध्रुव थापाले प्रदेश महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।

    थापाले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई सशक्त बनाउने अभियानका रूपमा अघि सार्नुभएको छ।

    उहाँले “पद होइन जिम्मेवारी, आश्रय होइन योगदान” भन्ने नारासहित कांग्रेसभित्र नयाँ सोच, खोज र नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै थापाले राजनीतिलाई पेशा नभई समाजसेवाको माध्यम बनाउने बताउनुभएको छ।

    जिम्मेवार, परिवर्तनशील र प्रजातान्त्रिक कांग्रेस निर्माणमा योगदान गर्ने तथा पार्टी संगठनलाई अझ मजबुत, उत्तरदायी र गतिशील बनाउने उहाँको प्रतिबद्धता छ। थापाको अभियानमा “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस” भन्ने मूल भाव अघि सारिएको छ।

    उहाँले युवाको आवाज र सहभागितालाई पार्टी संगठनमा प्रभावकारी रूपमा स्थापित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

    उम्मेदवारीका प्रमुख आधारका रूपमा थापाले युवाको आवाज, सहभागिता र नेतृत्वलाई बलियो बनाउने, नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढ्ने तथा राजनीतिलाई समाजसेवाको माध्यम बनाउने विषयलाई प्राथमिकतामा राख्नुभएको छ।

    त्यस्तै, पार्टी संगठनलाई मजबुत, उत्तरदायी र गतिशील बनाउँदै अग्रजको अनुभव र युवाको ऊर्जालाई समेटेर अघि बढ्ने उहाँको अभियानको मुख्य उद्देश्य रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij