काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ११५ रुपैयाँले घटेर प्रतितोला ४३९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ५५ रुपैयाँ प्रति १० ग्राम चाँदीको मूल्य ३७६८ रुपैयाँ कायम भएको छ ।




