शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

सजिलो पाना
मंगलवार, आश्विन १३ २०८३
सजिलो पाना
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं। गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ। 

    सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यका साथ रोटरी क्लबमार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाको लागि वित्तीय सहयोग उपलब्ध गराउने छ। 

    उक्त सहयोगअन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थपनालगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्दित परियोजनाका लागि बैंकले सहकार्य गर्ने छ। 

    महालक्ष्मी विकास बैंकले आफ्नो सस्ंथागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजानिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

    समाजप्रति आफ्नो दायित्व वहन गर्ने क्रममा बैंकले हालै मात्र भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको थियो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij