काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।
यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसेर नवीकरण गर्न सक्नेछन् ।
यसले ग्राहकलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ ।
डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ । कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट समेत आफ्ना डिसहोम सेवा नवीकरण गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्प विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ ।




