बिहिवार, कार्तिक १३ गते २०८३    

बिहिवार, कार्तिक १३ गते २०८३    

नबिल बैंकको टाइटल स्पोन्सरमा नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता

नबिल बैंकको टाइटल स्पोन्सरमा नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता

सजिलो पाना
बिहिवार, कार्तिक १३ २०८३
सजिलो पाना
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नबिल बैंकले तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर गरेको छ ।

    आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले बुधबार नेपालगन्जमा टाइटल स्पोन्सर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । 

    नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आगामी कार्तिक १४ र १५ मा हुन लागेको प्रतियोगितामा भारतको नयाँ दिल्ली र पञ्जाबका साथै नेपालका सबै प्रदेशबाट गरी २ सय भन्दा बढी सहभागी हुने क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    प्रतियोगितामा ८ वर्षदेखि १७ वर्ष उमेर समूहका र १७ वर्षभन्दा माथिका खेलाडीबीच खुला प्रतिष्पर्धा हुने प्रतियोगितामा फ्रि स्टाइल, बेस्टस्ट्रोक, ब्याक स्ट्रोक, बटर फ्लाइ, रिले र ब्यक्तिगत गरी ८० वटा इभेन्ट आयोजना हुने प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्का क्षेत्रीले जानकारी दिए । खेलाडीहरुले बुधबारदेखि नै नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा अभ्यास गर्न थालेका छन् ।

    नेपाल पौडी संघको वार्षिक क्यालेण्डर तथा प्राविधिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् र कोहलपुर नगरपालिकाले सहकार्य गरेको प्रतियोगिता निर्देशक सूर्यमणि अधिकारी बताउछन् । 

    प्रतियोगितामा विद्यालय पाटर्नरको रुपमा शिखा एकेडेमी कोहलपुर, आदर्श मावि नेपालगन्ज, बागेश्वरी एकेडेमी कोहलपुर रहेका छन् । त्यस्तै स्क्रिन पाटर्नरको रुपमा डर्मा अर्थ, आइटी पाटर्नर टेक्नो फन्ट रहेका छन् ।

    बाँके भन्दा बाहिरबाट आएका खेलाडीहरुका लागि नेपालगन्ज स्वीमिङ क्लबले चार तारे होटलहरु होटल सिद्धार्थ, सिटी प्यालेस, होटल कलपत्रु, स्नेह र डायमण्ड प्यालेसमा निःशुल्क बास र खानाको व्यवस्था गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij