शनिवार, कार्तिक १५ गते २०८३    

शनिवार, कार्तिक १५ गते २०८३    

नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी, कुन पदमा कति माग ?

नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी, कुन पदमा कति माग ?

सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त रहेका पदमा ८० कर्मचारी भर्ना गर्न आवेदन माग गरेको हो ।

    नेपाल टेलिकमले कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै विभिन्न तहका पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि कनिष्ठ प्राविधिकसम्मका पदमा कर्मचारी माग गरेको हो ।

    कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार तह ९ मा उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), तह ८ मा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत पदमा आवेदन खुलाएको छ । त्यस्तै, तह ७ मा दूरसञ्चार इन्जिनियर (इलेक्ट्रोनिक्स तथा सञ्चार, कम्प्युटर र इलेक्ट्रिकल), तह ६ मा सहायक प्रशासनिक अधिकृत, सहायक व्यापार अधिकृत र सहायक लेखा अधिकृत पदमा कर्मचारी माग गरिएको छ ।

    यसैगरी, तह ५ मा ओभरसियर, तह ४ मा सहायक तथा दूरसञ्चार प्राविधिक र तह ३ मा कनिष्ठ प्राविधिक पदमा पनि आवेदन खुलाइएको छ । विज्ञापनमा खुला तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका लागि समावेशी कोटासमेत छुट्याइएको छ ।

    इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् । कम्पनीका अनुसार नियमित दस्तुरमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर कात्तिक १० गतेसम्म दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ ।

    7f289957f7810cb8c46c4c80420dcf1d_qBzbTY7EML.webp

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij