आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङ प्रणाली ‘र्यापिड’ सार्वजनिक

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङ प्रणाली ‘र्यापिड’ सार्वजनिक

सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पहिलो पटक व्यवसायिक ग्राहकहरूका लागि नयाँ आधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

    बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा ‘र्यापिड’ नामक प्रणालीको सुरुवात गरेको हो । व्यवसायिक ग्राहकहरूको दैनिक कारोबारलाई सरल, छिटो र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरू गरेको बैंकले जनाएको छ । 

    बैंकका अनुसार ‘र्यापिड’ सेवामा ग्राहकले आफ्नो कारोबार प्रणालीलाई सिधै बैंक प्रणालीसँग जोड्न सक्नेछन् र यसले कारोबार गर्दा बैंकको शाखा जानुपर्ने झन्झट हट्ने र सहज रूपमा रकम भुक्तानी गर्न सकिनेछ।

    ग्राहकले आफ्नो प्रणालीबाटै भुक्तानीका लागि हस्ताक्षर, रकमान्तर र कर्मचारीलाई तलब पठाउने जस्ता काम गर्न सक्ने बैंकले जानकारी दिएको छ।

    यो सेवामा दुई तहको पासवर्ड सुरक्षा, एक पटकका लागि प्रयोग गर्न मिल्ने कोड, विशेष चिन्ह पहिचानजस्ता प्रविधि अपनाइएको छ। यस्तै डिजिटल हस्ताक्षर प्रणालीमार्फत भुक्तानी प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको जानकारी दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij