आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा “एक्सट्रयाक” अफ–रोड ट्रयाक राइडिङ्ग सम्पन्न

सी.जी. मोटर्स हिरोद्वारा पोखरामा “एक्सट्रयाक” अफ–रोड ट्रयाक राइडिङ्ग सम्पन्न

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा “एक्सट्रयाक” ईभेन्ट सम्पन्न गरे पश्चात दोस्रो संस्करण पर्यटनको मुटु पोखरामा यही मिति २०८२ जेष्ठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ ।

    उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

    ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् ।

    कार्यक्रममा सुक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

    पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” विहान १० बजेवाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चहानु हुने ईच्छुक महानुभावहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ ।

    सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ । ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाईकल उपलब्ध गराईनेछ ।

    साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले वताएको छ । उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै सी.जी. हिरो मोटोकर्पले वजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधीमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij