आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आईएमई लाइफ इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीचको सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीचको सम्झौता

सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
सजिलो पाना
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र मेडिसिटी हस्पिटलबीचको सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले हस्पिटलको उपचार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।  साथै, हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने भएको छ।

    छुट आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर बीमितले प्राप्त गर्न सक्नेछन्। यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर छुट सुविधा उपयोग गर्न सक्नेछन्।

    यस सहकार्यलाई व्यावसायिक सम्बन्ध सुदृढ गर्नुका साथै बीमित, अभिकर्ता र कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने प्रयासका रूपमा हेरेको कम्पनीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij