आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एयर इन्डियाको विमान दुर्घटनामा बचेका विश्वासले के भने ?

एयर इन्डियाको विमान दुर्घटनामा बचेका विश्वासले के भने ?

सजिलो पाना
शुक्रवार, जेठ ३० २०८२
सजिलो पाना
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौँ । एयर इन्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा कम्तिमा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक भारतीय मुलका बेलायती यात्रु दुर्घटनाबाट सकुशल रहेका छन् ।

    सकुशल रहेका यात्रु लन्डनका लागि उडेको बोइङ ७८७-८ उडानमा थिए र सिट नम्बर ११ ए मा बसेका थिए ।

    यी यात्रु भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश रहेका छन् । एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जना मध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो । जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए ।

    मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ ।

    स्थानीय मिडिया रिपोर्टका अनुसार, अस्पतालको ओछ्यानमा सुतिरहेका विश्वास कुमार रमेशले पत्रकारहरूलाई आफ्नो बोर्डिङ पास पनि देखाए, जसमा उनको नाम र सिट नम्बर रेकर्ड गरिएको थियो । रमेशले मिडियालाई भने- 'उडान भरेको ३० सेकेन्ड पछि, ठूलो आवाज सुनियो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो ।

    यो सबै केही क्षणमा भयो । रमेशले पत्रकारहरूलाई भने- 'जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू छरिएका थिए । म धेरै डराएँ । म उठे र दौडन थाले । मेरो वरिपरि विमानको भग्नावशेष छरिएको थियो ।

    कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो । उनले उनका भाइ अजय विमानमा अर्को पङ्क्तिमा बसिरहेको बताएका छन् । उनले भने- 'उनी मसँग यात्रा गरिरहेका थिए र मैले उनलाई फेला पार्न सकिन । कृपया मलाई उनलाई खोज्न मद्दत गर्नुहोस् ।

    'बेलायतको लेस्टरमा रहेका विश्वास कुमार रमेशका काका अजय वाल्गीले बिबिसीसँग कुरा गर्दै विश्वासले आफ्नो परिवारलाई फोन गरेर आफू 'ठिक' रहेको जानकारी गराएको बताएका छन् । विश्वासकी श्रीमती र छोराछोरी बेलायतमा छन् । रमेश भारतमा जन्मेका थिए तर धेरै वर्षदेखि बेलायतमा बस्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij