आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनसेलले ल्यायो नयाँ अफरः हरेक हप्ता १० जनालाई एक लाख नगद उपहार

एनसेलले ल्यायो नयाँ अफरः हरेक हप्ता १० जनालाई एक लाख नगद उपहार

सजिलो पाना
आइतवार, आषाढ १ २०८२
सजिलो पाना
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । एनसेलले आफ्ना सधैँ अन सेवाका ग्राहकका लागि नयाँ अफर ल्याएको छ । आज, १ असारदेखि सुरु भएको ‘सधैँ अन करोडपति’ नामक यो अफर आगामी १२ हप्तासम्म चल्नेछ । यसअन्तर्गत ग्राहकले हरेक हप्ता १० जनाले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने बम्पर उपहारको रुपमा एकजना ग्राहकले १ करोड रुपैयाँ जित्ने मौका पाउनेछन् कम्पनीले जनाएको छ । 

    यसका साथै प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनस स्वरूप प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा, जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्नेछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।

    कम्पनीका अनुसार हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, ५ वटा टिकट प्राप्त हुनेछ । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । 

    सेवा खरिद गर्ने बित्तिकै प्राप्त टिकट हेर्न मिल्ने लिंक तुरुन्त सोही नम्बरमा एसएमएसमार्फत पठाइने कम्पनीको भनाइ छ । अथवा एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।

    साथै रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका पाउने कम्पनीले बताएको छ । उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा एउटा टिकट प्राप्त हुनेछ भने सो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले दुई वटा टिकट पाउनेछन् ।

    कम्पनीका अनुसार कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

    यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिने छन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधै सम्पर्क गर्ने बताइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij