आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र आइएमई हस्पिटालिटीबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र आइएमई हस्पिटालिटीबीच सम्झौता

सजिलो पाना
आइतवार, आषाढ १ २०८२
सजिलो पाना
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आइएमई हस्पिटालिटीबीच एससिटी–युपिआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ।

    यस सम्झौतापछि  जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाट स्थित होटल ले हिमालय र साके एण्ड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससिटी–युपिआइ कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एण्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्।

    रुम महसुलमा छुट पिओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ। एससिटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ।

    यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी–युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij