काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अंकले बढेर २६५७.५२ विन्दुमा पुगेको छ ।
आइतबार नेप्सेमा कुल ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ ।




