आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नाडा प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, 'नाडा अटो शो २०२५' उद्घाटनका लागि आग्रह

नाडा प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, 'नाडा अटो शो २०२५' उद्घाटनका लागि आग्रह

सजिलो पाना
सोमवार, आषाढ २ २०८२
सजिलो पाना
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रमुख अतिथिका रूपमा गर्न औपचारिक आग्रह गरेको छ।

    भेटमा अध्यक्ष चौधरीले यस वर्षको बजेट निजी क्षेत्रमैत्री भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। साथै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारी साधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई अनुकूल नीति, सहुलियत र स्थायीत्व आवश्यक रहेको माग राखे।

    छलफलको क्रममा अर्थमन्त्री पौडेलले नाडाको अनुरोध सहर्ष स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरूले अधिक राजस्व संकलनमा सहयोग गर्नुपर्ने बताएका थिए। 

    भेटघाट कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij