आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सजिलो पाना
सोमवार, आषाढ २ २०८२
सजिलो पाना
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज सोमबार काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।

    यस सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

    साथै, यस सभाले बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरेको थियो । यसर्थ जेठ २५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै यस कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij