आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    राष्ट्र बैंकको प्रावधानअनुसार हाल यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र खरीद गर्न सक्नेछन्। यसका लागि बैंकले ३५ दिने आवेदन अवधि तोकेको छ।

    सेयर खरीदमा रुचि भएका संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले कति कित्ता सेयर खरीद गर्न चाहेको र त्यसका लागि तिर्नुपर्ने रकम उल्लेख गरेर तोकिएको समयभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ।

    यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij