आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एशिया लघुवित्तको गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआईसी एशिया लघुवित्तको गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
सजिलो पाना
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले  गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम असार १ गते र २ गते संस्थाको लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरूमा भएको हो । 

    कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोृलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, प्रदेश प्रमुखहरू, अनुगमन अधिकृतहरू र शाखा प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागीले संस्थाले प्रदान गर्ने सेवा सुविधा, वित्तीय जानकारी तथा सदस्यहरूसँग प्रत्यक्ष संवादमार्फत आएका गुनासोहरूलाई सम्बोधन गरिएको थियो।

    तीन विभिन्न शाखाहरूमा आयोजित कार्यक्रममा गोर्कटा शाखाबाट ६२ जना, बोडगाउँ शाखाबाट ७८ जना र सर्दी शाखाबाट ५५ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij