काठमाडौं । गायक पशुपति शर्माले वर्तमान परिस्थिति संग मिल्दोजुल्दो ‘झोले त तैं, झोले त मैं’ गीत सार्वजनिक गरेका छन् ।
बिहीबार सार्वजनिक गरिएको उक्त गीत ‘झोले त तैं, झोले त मैं’ मार्फत् उनले राजनीतिक दल, नेता, कार्यकर्ता र सामाजिक प्रवृत्तिमाथि गहिरो व्यंग्य गरेका छन्।
संगीतमा छाडा र अश्लील चरित्र देखाउने प्रवृत्ति, सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने प्रवृत्ति, र राजनीतिमा ‘झोले’ बन्ने संस्कृतिको झल्को देख्न सकिन्छ।
गीतको शब्द, संगीत र स्वर पशुपति शर्माकै हो।
यस सामाग्रीको म्युजिक भिडियो पनि उत्तिकै मनोरञ्जनात्मक छ। शर्मासँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्।
भण्डारीकै कोरियोग्राफी तथा निर्देशनमा तयार यस भिडिओमा नवराज उप्रेतीको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ।
गीत ‘पशुपति शर्मा अफिसियल’ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ, जहाँ गीत सार्वजनिक भएसँगै गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।
रमाइलो शैलीमा प्रस्तुत यो गीतले समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै दर्शकलाई हँसाउने मात्र होइन, सोच्न पनि बाध्य बनाउँछ।




