आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एशिया बैंकले सुरू गर्यो लिलाम सम्पत्तिको विवरण हेर्न मिल्ने अनलाइन प्लेटफर्म

एनआईसी एशिया बैंकले सुरू गर्यो लिलाम सम्पत्तिको विवरण हेर्न मिल्ने अनलाइन प्लेटफर्म

सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ तथा गैर बैंकिङ सम्पत्ति, साथै धितोमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा तथा गुगल म्यापसहितको स्थान सम्बन्धी विस्तृत विवरण हेर्न सकिनेछ। यस पोर्टलले बैंकद्वारा प्रकाशन गरिएका लिलाम सूचना अन्तर्गत रहेको क्युआर कोड स्क्यान गरेर सहज पहुँचको सुविधा समेत प्रदान गर्दछ।

    बैंकले लिलाम प्रक्रिया पारदर्शी बनाउँदै ग्राहकलाई जानकारीमुखी बनाउन पोर्टलमा ‘म्यासेज बक्स’ सुविधा पनि राखेको छ। जसअन्तर्गत इच्छुक व्यक्तिले आफू चाहेको सम्पत्तिको बारेमा थप जानकारी पाउनका लागि आफ्नो नाम, इमेल, फोन नम्बर तथा सम्पर्क ठेगाना राखी सोधपुछ गर्न सक्नेछन्।

    यसले बैंक सम्पत्तिको पुनः प्रयोग, जोखिम न्यूनीकरण र ग्राहक पहुँचलाई डिजिटल रूपमा प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij