सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

कतारले खाेल्यो हवाइ मार्ग, अवस्था सामान्य बन्दै

कतारले खाेल्यो हवाइ मार्ग, अवस्था सामान्य बन्दै

सजिलो पाना
मंगलवार, आषाढ १० २०८२
सजिलो पाना
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं । इरानले हिजो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि रोकिएको उडान नियमित हुन थालेको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको थियो भने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको नियमित उडान रोकिएको थियो ।

    हिजो मस्कट अवतरण भएको कतार एयरवेजको विमान आज बिहान दोहा अवतरण भएको छ । यस्तै हिजो रोकिएको नेपाल एयरलाइन्सको विमान अहिले १२ बजे र हिमालय एयरलाइन्सको विमान भरे दोहा उड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको भए पनि अहिले खुलाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij