आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भोलिदेखि काठमाडौंमा म्याङ्गो फेस्ट हुदैँ

भोलिदेखि काठमाडौंमा म्याङ्गो फेस्ट हुदैँ

सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
सजिलो पाना
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौं । काठमाडौंमा भोलिबाट तीन दिने नेपाल म्याङ्गो फेस्ट–२०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जनाएको छ ।

    तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्न फेस्ट हुन लागेको आयोजक काठमाडौं अर्गानिक्सले जनाएको छ । 

    वालनट बिस्ट्रो, लाजिम्पाटमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।  

    म्याङ्गो फेस्टमा  १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिनेछ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था रहेको छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया आँप किन्न पाइन्छ । यस्तै २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू हुनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij