आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लक्ष्मी सनराइज बैंक र आइसिएफसीबिच सम्झौता

लक्ष्मी सनराइज बैंक र आइसिएफसीबिच सम्झौता

सजिलो पाना
शुक्रवार, आषाढ १३ २०८२
सजिलो पाना
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै उक्त सम्झौता गरेको हो ।

    यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई  मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ ।
     
    यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । 

    यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij