आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

थापाथलीमा प्रोटोन इमासको नयाँ शोरुम उद्घाटन

थापाथलीमा प्रोटोन इमासको नयाँ शोरुम उद्घाटन

सजिलो पाना
आइतवार, आषाढ २२ २०८२
सजिलो पाना
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ ।

    शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता श्री ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गरे ।

    'हामी थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भन्नुभयो, 'हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो । यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।'

    कार्यक्रममा श्री ब्रिजेश श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने, 'यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो ।'

    शोरुम उद्घाटनको विशेष कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास-७, पाँच ग्राहकलाई हस्तान्तरण गरेको थियो ।

     

    nimb.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij