आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल घोषणा

दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल घोषणा

सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल घोषणा गरेको छ।

    असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने यस सेलमा ग्राहकहरूले ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन्।

    यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक सहभागिता रहनेछ। जारा, एचएण्डएम, एचआरएक्स, र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डहरूले दराजमा विशेष कलेक्सन प्रस्तुत गर्नेछन् र प्रत्येकले ७/७ वटा उत्पादनहरू केवल सात सय ७७ रुपैयाँमा उपलब्ध गराउनेछन्।

    मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सयभन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट दिनेछन्। यसबाहेक, फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरू  रु. ७, रु. ७७, रु. ७७७, र रु. ७,७७७ जस्ता विशेष मूल्यमा उपलब्ध हुनेछन्।

    ७.७ सेलको उद्देश्य केवल छुटमा सीमित नभई नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो। यस सेलले स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीका उत्पादनहरूमा आकर्षक अफरहरू प्रदान गरी उपभोक्ताहरूलाई उत्साहित बनाउनेछ।

    दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीपीजी) सुविधा पनि उपलब्ध गराएको छ। यो सुविधा अन्तर्गत, यदि कुनै ग्राहकले दराजमा खरिद गरेको सोही उत्पादन नेपालको अर्को कुनै अनलाइन प्लेटफर्ममा दराजको भन्दा सस्तो मूल्यमा पाउँछन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। यसका लागि सर्तहरू लागू हुनेछन्।

    यस सेल अवधिमा रु. ४९९ वा सोभन्दा बढीको खरिदमा निश्चित उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्न सकिनेछ। यो सुविधा प्राप्त गर्न ग्राहकहरूले दराज एपको होमपेजमा रहेको निःशुल्क डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij