आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सन नेपाल लाइफको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

सन नेपाल लाइफको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आज असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

    कम्पनीले आफ्ना सेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।

    यो सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

    यस सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ।

    लगानीकर्ताले असार ३० गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। यस्तै, काठमाडौं ठमेलस्थित धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयका साथै सन नेपाल लाइफका काठमाडौंको पुतलीसडक, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा पनि खरिद आवेदन पेस गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij