आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दराज विक्रेताका लागि टिगद्वारा अटोमेट इन्टिग्रेसन सुविधा सुरु

दराज विक्रेताका लागि टिगद्वारा अटोमेट इन्टिग्रेसन सुविधा सुरु

सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
सजिलो पाना
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । दराजका विक्रेताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो । 

    म्यानुअल रूपमा बुककीपिङ र अर्डर व्यवस्थापन गर्दा ई-कमर्स व्यवसायीहरूलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ । तर टिगको इन्टिग्रेसन सुविधाले घण्टौं लाग्ने डेटा इन्ट्रीको काम अब केही मिनेटमै सकिने छ । कुनै प्राविधिक झन्झटबिना, केही क्लिकमै अर्डर विवरण लिने, ग्राहक बनाउने र इनभ्वाइस तयार गर्न सकिने टिगले प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश केसीले बताए। 

    ‘हामीले सयौं दराज विक्रेतासँग कुरा गर्दा म्यानुअल रीकन्सिलिएसन र इनभ्वाइसिङमा अल्झिएका देख्यौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको दराजका विक्रेताहरूको समय बचत गर्ने हो । यो इन्टिग्रेसन सुविधाले सहज र व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गराउने छ ।’

    यो प्रणाली बारकोड स्क्यानरमैत्री भएकाले रिटेल अर्डरहरू पनि सजिलै प्रोसेस गर्न सकिने छ । टिगले आगामी दिनमा रिटर्न म्यानेजमेन्ट, इन्भेन्टरी सिंक र भुक्तानी मिलान जस्ता थप सुविधाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । हाल यो एकीकरण सबै टिग प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। नयाँ प्रयोगकर्ताहरूले निस्शुल्क ट्रायलको लागि टिगमा साइनअप गर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij