आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

असार २४ गते मंगलबारको राशिफल

असार २४ गते मंगलबारको राशिफल

सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं ।  आज २०८२ साल असार २४ गते मंगलबार। 

    मेष : मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। अरूको कुरा सुनेर व्यक्तिगत धारणा नबनाउनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। आकस्मिक धनलाभको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।

    मिथुन : दिन सामान्य छ। क्षमता कमजोर बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको प्रयास अधुरो रहने छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथ नदिँदा हरेक काममा अवरोध हुनेछ।

    कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।

    सिंह : दिन सामान्य छ। जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। शनिदेवको सन्तुष्टिका लागि धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    कन्या : दिन राम्रो छ। शुभकार्यको तय हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

    तुला : दिन सामान्य छ। सम्पत्तिका कारण इज्जत र स्वास्थ्यमा समस्या हुनेछ। राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। आफ्नो अस्थित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

    वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

    धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ।

    मकर : दिन राम्रो छ। अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

    कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसातीका कारण एकपछि अर्को विरोध सुन्नुपर्ने हुनसक्छ। बौद्धिक साथीले कुरा काट्नेछन्। पढाइमा आलश्यता बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ।

    मीन : रोकिएका कार्यहरू बन्नेछन्। उद्योग र व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। भाग्यको साथ मिल्नेछ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij