आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मन्जुश्री फाईनान्सद्वारा ईटहरीकाे लक्ष्मी माध्यमिक विद्यालयमा आवश्यक सामग्री वितरण

मन्जुश्री फाईनान्सद्वारा ईटहरीकाे लक्ष्मी माध्यमिक विद्यालयमा आवश्यक सामग्री वितरण

सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
सजिलो पाना
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडाैं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो ईटहरी शाखा मार्फत लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी ०७ बज्रालाई, विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ।

    मन्जुश्री फाइनान्सले २० थान पंखा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेंसरका साथै १ थान कलर प्रिन्टर तथा स्क्यानर गरि करीब १ लाख ३० हजार बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ। प्राथमिक तह देखि माध्यमिक तह सम्मका विद्यार्थीहरुलाई शिक्षा दिदै आइरहेको यस विद्यालयमा करिब साढे तीन सय अध्यनरत छन् ।

    समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ। मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ।

    निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

    हालको मितिसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij