शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।

    सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।

    ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

    कवी उपेन्द्र सुब्बाको डेब्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । वैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij