+
Search

ताजा अपडेट +

पपुलर +

स्पष्टीकरण बिना DC चार्ज स्वीकार नै नगर्ने यो कस्तो खालको नयाँ प्राक्टिस हो ?

Seres को डब्बा गाडी किनेपछि पछुतै पछुतो, शोरुममा चिया खाँदै डिल गरेको गाडीले नै लिन सक्छ ज्यान !

सजिलोपाना
२०८१ कार्तिक ५, सोमबार

काठमाडौँ । इलेक्ट्रिक गाडिमा लगानी गरिहाल्न हतार भएका हरुले एकपटक सोच्नु पर्ने बेला आएको छ। एमएडब्लू वृद्धि अटोकर्पले नेपालमा बिक्री गर्दै आएको सेरेसको इभी गाडिमा आगो लागेपछि आफ्नो ज्यानको सुरक्षाकै खातिर यो रिपोर्ट प्रस्तुत गर्नु पर्ने बेला भएको छ ।

कम्पनी संग बुझ्न खोज्दा त्यस्तो केही भएको होइन धुवाँ मात्रै आएको हो भन्दै कम्पनी आफू उम्किन खोजेको छ ।

पछिल्ला केही समयमा विद्युतीय गाडीमा आएको समस्याहरू हामीले सुन्दै, देख्दै, र भोग्दै आएका हौँ। प्रयोग गर्दै जाने क्रममा कहिले कसो आउने प्राविधिक समस्याहरू आफ्नो ठाउँमा छन् तर लाखौं लगानी सहित नेपाली जनताको ज्यान र भावना माथि यति ठूलो प्रयोग गर्नु कत्तिको जायज हो ?

 

नेपाली बजारमा ब्रेक नै नलाई स्पीड लिमिट पार गर्दै भित्रिएका डब्बा गाडिहरु पछिल्लो समय सवारीधनीलाई राख्नु की कवाडी लाई बेच्नु भएको छ। बाहिरबाट हेर्दा टलक्क टल्कने, सस्तो मूल्यमा आएका गाडिहरुको भित्री रहस्य बुझ्दै नबुझि भकाभक किन्नेहरु यतिबेला पछुताएका छन्।

मीठा मीठा गफ गरेर, गफ मै लठ्ठ परेर किनेको गाडीले कति बेला आफ्नै ज्यान लिने हो भन्ने समेत थाहा नभएको सवारिधनीहरु बताउँछन्।

ग्राहक हरु नेपालमा आयात भएका इभि गाडिहरु किन्ने कि नकिन्ने भन्ने दोधारमा परिरहेका बेला सोमबार दिउँसो सितापाईलामा बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस् थ्री गाडीमा आगो लागेको छ।

सजीलोपाना संवाददाताबाट कम्पनी संग बुझ्न खोज्दा त्यस्तो केही भएको होइन धुवाँ मात्रै आएको हो भन्दै कम्पनी आफू उम्किन खोजेको छ तर कम्पनीले फितलो रुपमा लिएपनि यो घटना सामान्य भने पक्कै होइन ।

गाडीमा आगो लागेको केहि बेर भित्रै कम्पनीले विज्ञप्ति जारी गर्दै गाडीमा प्राविधिक खराबीका कारण धुवाँ निस्केको, विगतमा अनधिकृत सेवा केन्द्रहरु मार्फत मर्मत सम्भार गरेको भएकोले यस्तो भएको हो भन्दै आफू उम्किन खोजेको देखिन्छ।

सेरेस गाडीमा भएका कतिपय नराम्रा पक्षहरु पनि हामीले सुन्दै आएका हौं। बाहिरबाट हेर्दा राम्रो देखिएपनि नक्कली छाला , डिजिटल ड्यास र वाइडस्क्रीन इन्फोटेनमेन्ट शोरूममा मात्र राम्रो देखिन्छ।

राख्दा राख्दा आफैं धुवाँ आउने गाडि चडेर ग्राहक वर्गले कसरी सुरक्षित गाडि चडेको आभास गर्ने ? अनेक घटनाहरु त थुप्रै आइरहेका हुन् तर राखिरहेको गाडीबाट धुवाँ आएपछि Seres 3 सीमा रेखा सुरक्षा, समाधान नभएको प्रविधि र चार्जिङ भएको एउटा टल्किने खेलौना जस्तै हो भन्न बाध्य हुनुपर्छ ।

यसको स्टेयरिङ ह्वील उचाइको लागि मात्र समायोजन हुन्छ, प्लास्टिक ढोकाहरू अविश्वसनीय रूपमा सस्तो छन्, पार्सल शेल्फको कार्डबोर्ड-जस्तै, तर टेलगेट यति भारी छ कि यो कास्ट आइरनले बनेको छ। कम्पनीलाई प्रश्न गर्नु पर्दा, स्पष्टीकरण बिना DC चार्ज स्वीकार नै नगर्ने यो कस्तो खालको नयाँ प्राक्टिस हो ?

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा